Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 120
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ ।

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा निर्धारण भएको छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रूपैयाँ ११पैसा र बिक्रीदर १४५ रूपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो युरोपियन युरो १ को खरिदर १४५ रूपैयाँ ११ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७६ पैसा थियो ।

    त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रूपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १७१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रूपैयाँ ७५ पैसा थियो ।

    आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०५ पैसा थियो ।  त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रूपैयाँ ४७ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ४४ पैसा निर्धारण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij