Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एसियाली प्रजातान्त्रिक पार्टीहरूको संगठनमा भाग लिन उपेन्द्र यादव फिलिपिन्स जाने

एसियाली प्रजातान्त्रिक पार्टीहरूको संगठनमा भाग लिन उपेन्द्र यादव फिलिपिन्स जाने

  • 170
    SHARES
  • एसियाली प्रजातान्त्रिक पार्टीहरूको संगठनमा भाग लिन उपेन्द्र यादव फिलिपिन्स जाने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव एसियाली प्रजातान्त्रिक पार्टीहरूको संगठन (सोकडेम एसिया प्यासिफिक) को बैठकमा भाग लिन आज राति फिलिपिन्स जान लागेका छन् । 

    सोकडेम एसिया प्यासिफिकको मंगलबार हुन लागेको स्टेरिङ कमिटिको बैठकमा यादव र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा सहभागी हुने पार्टीले जनाएको छ । 

    अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फरेन्समा  ‘वर्किङ फर अ न्यु प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

    त्यसैगरी अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटिजन एक्सन पार्टीको महाधिवेशनको उद्‌घाटन सत्रमा पनि सहभागि हुनेछन् ।

    जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य हो । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij