Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अब जनताको बीचमा गएर पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड

अब जनताको बीचमा गएर पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड

  • 125
    SHARES
  • अब जनताको बीचमा गएर पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब जनताको बीचमा गएर पार्टीलाई एकतावद्ध र सुदृढ बनाउनमा ध्यान केन्द्रित गरिने बताएका छन् । 

    पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी परिवर्तनको एजेण्डाको मात्रै नभई सुशासन र समृद्धिको एजेण्डाको पनि जननी भएकोले जनतामा त्यस कुरालाई स्थापित गर्न जरुरी भएको बताए ।  

    षड्यन्त्रमुलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको उनले आरोप लगाए । पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको उनको भनाइ थियो । 

    ‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सह्य भएन र षड्यन्त्रमुलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने,  ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लंग भएको छ, बुझेका छन् ।’ 

    प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरब्याज विरोधी  कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताए । ‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का, भ्रष्टाचारमा लिप्त् हुने तत्त्वहरूलाई सह्य भएन ।’

    प्रचण्डले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको दावी गरे । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न दुई जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने स्पष्ट पारे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij