वेबटिभी खबर
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु-२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको हो । श्रीलंकासँग नेपाल पहिलो सेट श्रीलंकाले २५-२० ले पराजित भएको थियो भने खेलको दोस्रो सेट नेपालले २६-२४ ले जितेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यसपछि खेलको तेस्रो सेटमा २५-११ ले गुमाएको नेपालले चौथो सेट पनि २५-१८ गुमाएसँगै नेपाल पराजित भयो ।
अब नेपालले आज बेलुका कीर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij