Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सुशासनका निम्ति सम्झौता नगर्ने अठोटका कारण वर्तमान अवस्था सृजना भयो–प्रधानमन्त्री

सुशासनका निम्ति सम्झौता नगर्ने अठोटका कारण वर्तमान अवस्था सृजना भयो–प्रधानमन्त्री

  • 177
    SHARES
  • सुशासनका निम्ति सम्झौता नगर्ने अठोटका कारण वर्तमान अवस्था सृजना भयो–प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने सरकारको अठोटका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले प्रधानमन्त्रीका रूपमा आफूले सुशासन कायम गर्ने संकल्प गरेको बताए ।

    ‘मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसंकल्प छु,’ प्रधानमन्त्री दाहालले भने, ‘राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गरियो । सरकारले विश्वविद्यालयमा योग्यताका आधारमा नेतृत्व स्थापित गराउने प्रयास गर्‍यो ।  जनतालाई सुशासनको अनुभूति गराउने प्रयास भयो । देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास मेरो नेतृत्वको सरकारले गर्‍यो ।’

    द्वन्द्वतिर नलागौँ

    प्रधानमन्त्री दाहालले सहमति विपरीत संविधान संशोधनका नाममा राष्ट्रलाई  द्वन्द्वतिर नलैजान आग्रह गरे । उनले संविधानसभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचारविमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे । 

    राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने बताउँदै प्रधानमन्त्रीले भने, ‘नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसद्मा सुरू गर्न सकिन्थ्यो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij