Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतका पूर्वोत्तर राज्यमा कोरोना संक्रमण बढ्यो 

भारतका पूर्वोत्तर राज्यमा कोरोना संक्रमण बढ्यो 

  • 641
    SHARES
  • भारतका पूर्वोत्तर राज्यमा कोरोना संक्रमण बढ्यो 

    काठमाडौं । पछिल्लो एक सातामा भारतको पूर्वोत्तर क्षेत्रमा कोरोना संक्रमणदर वृद्धि भएको छ । देशको १० प्रतिशतभन्दा धेरै संक्रमण दर भएका प्रत्येक ५ जिल्लामध्ये ३ जिल्ला पूर्वोत्तर राज्यअन्तर्गत पर्छन् । 

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार ५ जुलाईदेखि ११ जुलाईको बीचमा ५८ जिल्लामा संक्रमणदर १० प्रतिशतभन्दा धेरै रहेको छ । जसमध्ये ३७ जिल्ला पूर्वोत्तर राज्य हुन् । 

    प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पूर्वोत्तर भारतका आठ राज्यका मुख्यमन्त्रीसँग बढ्दो संक्रमणबारे छलफल गर्न भिडियोमार्फत बैठक गर्दैछन् । स्वास्थ्य मन्त्रालयले ६ जुलाईमा पूर्वोत्तर राज्यलाई अलग अलग पत्र पठाएर चिन्ता व्यक्त गरेको थियो । यसपछि भिडियो कन्फ्रेन्स गरेर राज्यहरुमा पिसिआर परीक्षण, अस्पतालको क्षमता बढाउन आग्रह गरेको थियो । 

    मणिपुरमा १४ दशमलव ६९ प्रतिशत, मेघालयमा १४ दशमलव ७७, अरुणाचलमा ६, सिक्किममा २४ दशमलव ९८ प्रतिशत, आसाममा ४ दशमलव ४१ प्रतिशत, त्रिपुरामा ९ दशमलव ३९ प्रतिशत, मिजोरममा ८ दशमलव १५ प्रतिशत संक्रमणदर छ । यस्तै नागाल्यान्डमा ७ दशमलव १४ प्रतिशत पोजेटिभिटी दर छ । भारतका यी राज्यहरु उच्च जनघनत्व भएका राज्य हुन् । 

    सत्ताइस दिनपछि भारतमा एकैदिन २ हजार बढीको मृत्यु सत्ताइस दिनपछि भारतमा एकैदिन २ हजार बढीको मृत्यु भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघ्यो भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघ्यो भारतमा कोरोना संक्रमण बढ्यो  भारतमा कोरोना संक्रमण बढ्यो  भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij