Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सत्ताइस दिनपछि भारतमा एकैदिन २ हजार बढीको मृत्यु

सत्ताइस दिनपछि भारतमा एकैदिन २ हजार बढीको मृत्यु

  • 955
    SHARES
  • सत्ताइस दिनपछि भारतमा एकैदिन २ हजार बढीको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २७ दिनपछि अचानक बढेको छ । सोमबार २ हजार २४ जनाको भाइरस संक्रमणका कारण ज्यान गएको छ । यसभन्दा अगाडि १६ जुनमा २ हजार ३ सय २९ जनाको मृत्यु भएको थियो । 

    सोमबार मृत्यु भएकामध्ये १ हजार ४ सय ८१ जना मध्यप्रदेशका मात्रै हुन् । यी सबै यसभन्दा अगाडि नै मृत्यु भइसकेका संक्रमित रहेको राज्य सरकारले बताएको छ । महाराष्ट्रमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या यसरी नै अद्यावधिक गरिएको थियो । 

    टाइम्स अफ इन्डियाका अनुसार केही समयअगाडि नै ज्यान गुमाएकाहरुको तथ्यांक राख्न १७ मे देखि सुरु गरिएको थियो । यसपछि जुनको अन्तिम दुई दिन र जुलाईको सुरुवाती २ दिनमा लगातार दुई महिना पुरानो मृत्युका तथ्यांक जोडिएको थियो । 

    गत २४ घण्टामा भारतमा ३० हजार ८ सय १८ नयाँ संक्रमित थपिएका छन् । ४८ हजार ९ सय १६ जना संक्रमणमुक्त भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघ्यो भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघ्यो भारतमा संक्रमित र संक्रमणमुक्त हुने संख्या बराबर  भारतमा संक्रमित र संक्रमणमुक्त हुने संख्या बराबर  भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित  भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij