वेबटिभी खबर
धनुषा । धनुषा जिल्लाको धनौजी गाउँपालिका–५ बहुअर्वाको एउटा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा नुहाउने क्रममा बिहीबार दिउँसो बालिकाहरुको डुबेर मृत्यु भएको हो ।
करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।
बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij