काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी चालू राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छन् ।
संघीय संसद् सचिवालयले सूचनापत्र जारी गर्दै राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी गराएको छ । राष्ट्रियसभाको बैठक आज बसेको थियो । त्यसैगरी भोलि दिउँसो ३ बजे लागि अर्को बैठक तय गरेको थियो ।
असार १७ गते सुरु भएको अधिवेशन सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा आजबाट आजबाट अन्त्य भएको हो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij