Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघ्यो

भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघ्यो

  • 520
    SHARES
  • भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघ्यो

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ७ हजार पुगेको छ । यो संख्या अहिलेसम्म संक्रमित भएकामध्ये ९७ दशमलव २२ प्रतिशत हो ।

    अहिलेसम्म ३ करोड ८ लाख मानिस भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ लाख ८ हजारको ज्यान गएको छ । यस्तै आइतबार २४ घण्टाको अवधिमा ३७ हजार ६ सय ४५ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ३९ हजार ६ सय ७४ जना निको भएका छन् भने ७ सय २० जनाले ज्यान गुमाएका छन् । 

    भारतमा मार्चदेखि सुरु भएको दोस्रो संक्रमण जुन महिनाबाट घट्दै गइरहेको छ । तर पनि विज्ञहरुले त्यहाँ तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । यहीवेला महाराष्ट्र राज्यमा दुई दिनदेखि लगातार संक्रमित बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    आइतबार महाराष्ट्रमा ८ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको छ । त्यसअघि शनिबार ८ हजार २ सय ९६ जना संक्रमित भएका थिए । 

    भारतमा संक्रमित र संक्रमणमुक्त हुने संख्या बराबर  भारतमा संक्रमित र संक्रमणमुक्त हुने संख्या बराबर  भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित  भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित  भारतमा कोरोना संक्रमण बढ्यो  भारतमा कोरोना संक्रमण बढ्यो 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij