वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमितिप्रति माधव नेपालपक्षीय नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा टिप्पणी गरेकी छिन् ।
एमालेका दुई पक्ष (केपी ओली र माधव नेपाल) बीच एकताका निम्ति आइतबार राति १० बुँदे सहमति जुटाएको छ । तर, त्यसप्रति स्वयं नेपाल भने असन्तुष्ट देखिएका छन् । अहिले उक्त सहमतिप्रति नेपाल पक्षका नेताकै फरक-फरक धारणा आइरहेका छन् ।
झाँक्रीका ४ टिप्पणी
१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने छ ।
२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयनयोग्य हुँदैन । बैठकमा जाने कुरा हुन्न ।
३. अदालतमा निवेदकका रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुनेगरी हस्ताक्षर फिर्ता लिइने छैन । लिने कुरै आउँदैन ।
४. भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौं । निराश पनि नबनौं । राजनीति हो, यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij