Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

माैसम: धेरै स्थानमा पानी पर्न सक्ने

माैसम: धेरै स्थानमा पानी पर्न सक्ने

  • 598
    SHARES
  • माैसम:  धेरै स्थानमा पानी पर्न सक्ने

    काठमाडौं । आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले प्रदेश १, बागमती र गण्डकीलगायत प्रदेशका केही स्थानमा पानी परिरहेको जानकारी दिएको छ ।

    मंगलबार देशभर बदली रही अधिकांश स्थानमा पानी पर्न सक्ने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने छ । त्यस्तै प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही भू–भागमा भने धेरै भारी वर्षाको सम्भावना छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij