Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती

तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती

  • 85
    SHARES
  • तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती

    रामेछाप । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ ।

    विसं २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका/प्यासिफिक जेभीले २०७७ असार २६ गते  निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन ।

    उक्त कम्पनीले १४ करोड २७ लाखमा निर्माण पूरा गर्नेगरी सरकारसँग सम्झौता गरेको थियो । पुष्पलाल राजमार्गका सूचना अधिकारी हर्कबहादुर प्रधानका अनुसार  निर्माण कम्पनीले पेस्कीबापत रु ७१ लाख ३५ हजार लिइसकेको छ ।

    उनले भने, ‘उक्त पुल निर्माणको वित्तीय प्रगति शून्य छ । भौतिक प्रगति भने तीन प्रतिशत भएको छ ।’ निर्माण कम्पनी म्याद थपका निम्ति आवेदन गरेको तथा त्यो विचाराधीन रहेको जानकारी दिँदै उनले काम नगरे पेस्की रकम जफत गरिने बताए । 

  • सम्बन्धित विषय:

  • # तामाकोशी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij