Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

  • 134
    SHARES
  • मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

    महेन्द्रनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    यसअघि विना विभागीय राज्यमन्त्री  नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी  दिइएको छ ।

    मन्त्री साह सिरहाको क्षेत्र नं ४ को (क)बाट निर्वाचित हुन् । उनीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराएका छन् ।

    यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्य मन्त्री नियुक्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मधेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij