वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १० पैसा र बिक्री दर १३३ रूपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ ।
यो शनिबारकै मूल्य हो । शुक्रबार डलर एकको खरिद दर १३३ रूपैयाँ २६ पैसा र बिक्री दर १३३ रूपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।
यस्तै शनिबारदेखि नै युरो एकको खरिद दर १४४ रूपैयाँ ९९ पैसा र बिक्री दर १४५ रूपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार युरोको खरिद दर १४४ रूपैयाँ ८३ पैसा र बिक्री दर १४५ रूपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।
आज बेलायती पाउण्ड एकको खरिद दर १७० रूपैयाँ ३१ पैसा र बिक्री दर १७१ रूपैयाँ ०८ पैसा रहेको छ । हिजो पाउण्डको खरिद दर १७० रूपैयाँ २१ पैसा र बिक्री दर १७० रूपैयाँ ९८ पैसा रहेको थियो ।
यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५० पैसा र बिक्री दर ३६ रूपैयाँ ६७ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij