Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छ : रक्षामन्त्री उप्रेती

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छ : रक्षामन्त्री उप्रेती

  • 197
    SHARES
  • खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छ : रक्षामन्त्री उप्रेती

    सर्लाही । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन ।

    आज सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन ।

    ‘हिमालयको देश भनेर नेपालको पहिचान स्थापित भए जस्तै पछिल्लो समय खेल क्षेत्रले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित हुँदैछ तर विशेग गरी खेल क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी छन् । यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ’, मन्त्री उप्रेतीले भने । 

    खेलको माध्यमबाट विश्वमा नेपालको नाम उजागर गरेका खेलाडीको उचित संरक्षणका लागि पनि मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । ‘नेपाली खेलाडीले पोषण, आवश्यकताअनुसारको खेल मैदान पाएका छैनन् तथापि उच्च मनोबलका साथ देशविदेशमा गएर खेल खेल्नु सराहनीय छ’, मन्त्री उप्रेतीले भने, ‘अब नेपाल सरकारले पनि खेल क्षेत्र र खेलाडीको विकासका लागि काम अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ । यसमा तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ ।’

    खेल क्षेत्रमा भौतिक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्न नसक्नुका साथै खेलाडी पलायन तथा युवा खेलाडी दुव्रयशनीमा लाग्ने समस्या देखिएकाले नयाँ योजनासहित संरक्षण, सम्वर्द्धन र प्रोत्साहनका योजनासहित राज्यले आवश्यक योजना अगाडि बढानुपर्ने खाँचो रहेको मन्त्री उप्रेतीको भनाइ छ ।

    यसैगरी उनले मधेश प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएको सुनकोशी मरिन डाइभर्सन, काठमाडौँ निजगढ द्रुवमार्ग निर्माण सम्पन्न भए यहाँको अवस्था बदल्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए । नेपाल क्योकुशिन–कान कराते संघले लालबन्दी–७ स्थित कृषि विकास बैंकको चौरमा आयोजित प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबका समेत गरी दुई सय ५० जना खेलाडी सहभागिता रहेको क्योकुशिन–कान कराते प्रशिक्षक शशि देवकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र विजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिनेछ । आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij