वेबटिभी खबर
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij