Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

इमानदारीपूर्वक बजेट कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

इमानदारीपूर्वक बजेट कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

  • 151
    SHARES
  • इमानदारीपूर्वक बजेट कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

    काभ्रे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

    काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघको आज बनेपामा आयोजित ४२औँ साधारणसभामा उनले आगामी आवका निम्ति निर्धारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

    स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाका  सम्भावना खोज्नुपर्ने जनाए । मन्त्री भण्डारीले भने, ‘हाम्रो वरपरका विकासका ‘सम्भावनाका ढोका’ खोल्न सरकार प्रतिबद्ध छ, नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवसायीका अधिकांश माग सम्बोधन भएका छन् ।’

    विगतका नीति तथा कार्यक्रमबीच तालमेल नमिल्दा धेरै योजना ओझेलमा परेको उनको भनाइ छ । आन्तरिक, बाह्य तथा राजनीतिक कारणले देशको आर्थिक अवस्था केही सङ्कुचित भएको तर्क गर्दै मन्त्री भण्डारीले रोजगारी सृजनालाई नै केन्द्रमा राखेर काम गर्नु अहिलको आवश्यकता भएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij