Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई विशेष ध्यान दिइन्छ : मुख्यमन्त्री कार्की

स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई विशेष ध्यान दिइन्छ : मुख्यमन्त्री कार्की

  • 102
    SHARES
  • स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई विशेष ध्यान दिइन्छ : मुख्यमन्त्री कार्की

    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी कच्चापदार्थमा आधारित उद्योगहरुलाई विशेष ध्यान दिने बताएका छन् ।

    प्रदेश योजना आयोग र त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगरले संयुक्त रुपमा आज यहाँ प्रदेशको  दोस्रो आवधिक योजना तर्जुमाका लागि प्रदेशसभाका सदस्यहरुसँग सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो ।

    उक्त कार्यक्रमको उद्घाटन र्गर्दै उनले जुट तथा धानलगायत कृषि उत्पादनको आयातलाई निरुत्साहित गरी उत्पादन वृद्धि गर्दै स्वदेशी कच्चापदार्थमा आधारित साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखिने बताएका हुन् ।

    मुख्यमन्त्री कार्कीले योजनामा कृषि उत्पादनमा आत्मनिर्भर रहेको चिया कफी, दूधजन्य पदार्थ, अलैँची, फलफूललगायत निर्यातमा विशेष सहुलित प्रदान गरिने धारणा राखे ।

    उनले प्रदेशलाई समृद्धि हासिल गर्न पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरी उत्तर र दक्षिण क्षेत्रका दुई छिमेकी राष्ट्रमा धार्मिक तथा हिमाली पर्यटन प्रचारप्रसार गरी आगमन वृद्धि गर्न विशेष पहल गरिने बताए ।

    उनले राजनीतिक प्रणाली राम्रो भए पनि राजनीतिक अस्थिरताले मुलुकमा सोचेअनुसार विकास र उपलब्धि हुन नसकेको गुनासो गरे ।

    प्रदेशका सभामुख अम्बरबहादुर विष्टले नागरिकको आर्थिक समृद्धि कायम गर्ने योजना ल्याउनुपर्ने सुझाव दिए ।

    उनले विगतको योजनाहरुमा सुधार गरी पहाडबाट जनताको पलायन रोक्ने कार्यक्रम ल्याउन आग्रह गरे ।

    आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पहाडमा शिक्षा तथा स्वास्थ्यमा विशेष ध्यान दिई बसाइँसराइ कम गर्नेतर्फ  ध्यान दिनुपर्ने बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij