Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रहरीको हिरासतबाट थुनुवा फरार

प्रहरीको हिरासतबाट थुनुवा फरार

  • 763
    SHARES
  • प्रहरीको हिरासतबाट थुनुवा फरार

    सिरहा । सिरहा जिल्लाको लहान इलाका प्रहरी कार्यालयको हिरासतबाट एकजना थुनुवा फरार भएका छन् ।

    गएराति २ लागुऔषध मुद्दामा पक्राउ परेका सिरहाकै नवराजपुर गाउँपालिका १ घर भएका ३५ वर्षीय पशुपति यादव फरार भएका हुन् ।

    प्रहरीले यादव हिरासत कक्षको ग्रिल काटेर फरार भएको जनाएको छ ।

    फलामे ग्रिल काट्न कठिन हुने भए पनि यादवले कसरी काटे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

    यादव जेठ २० गते नै पक्राउ परेका थिए । 

    सिरहा प्रहरीका डिएपी सुवास बुढाथोकीले थुनुवा फररा भएको सम्बन्धमा अनुसनधान भइरहेको बताए । फरारको खोजी पनि जारी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij