वेबटिभी खबर
काठमाडौं । आज सेयर बजार परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रूपैयाँमा किनबेच भएको छ ।
सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० विन्दुमा पुग्दा १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो ।
१९४ कम्पनीको सेयरमूल्य बढ्दा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
मध्यभोटेकोसी जलविद्युत, हिमालयन लघुवित्त, इस्टर्न हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, महुली लघुवित्त पनि सर्किटस्तरमा बढेका छन् ।
४३ कम्पनीको सेयरमूल्य घट्दा शाइन रेसुंगा विकास बैंक ४.२५ र भगवती हाइड्रोपावर ३.१९ प्रतिशतले घटेका छन् । ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
पोखरा फाइनान्सको सर्वाधिक २४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १२ करोड ९९ लाख, कालिका पावर कम्पनीको १२ करोड ३८ लाख, माउन्टेन इनर्जीको १० करोड ४१ लाख, सिंगटी हाइड्रको १० करोड १० लाख रुपैयाको सेयर कारोबार भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij