Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एचआइभी संक्रमितलाई मासिक भत्ता वितरण

एचआइभी संक्रमितलाई मासिक भत्ता वितरण

  • 131
    SHARES
  • एचआइभी संक्रमितलाई मासिक भत्ता वितरण
    कैलाली । कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी संक्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक एक हजारका दरले भत्ता वितरण गरेको हो ।
     
    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी संक्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र मालाखेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरिएको जानकारी दिए ।
     
    उनका अनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी संक्रमित रहेका फेला परेका छन । संक्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् । गाउँपालिकाभित्र रहेका एचआइभी संक्रमितको पहिचान गरी उनीहरुलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उनले बताए ।
     
    स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएको संक्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । संक्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
     
    बाँकी छ महिनाको भत्ता एकमुष्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिए । पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij