वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा बुधबार ४५ हजार ७ सय २४ जना कोरोना संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा ४४ हजार ५ सय ७ संक्रमित संक्रमणमुक्त भए भने ८ सय १९ जनाको संक्रमणबाट ज्यान गएको छ ।
लगातार संक्रमण घटिरहेको भारतमा बुधबार निको हुनेभन्दा संक्रमित हुनेको संख्या बढी रहेको छ । यो ५६ दिन यता पहिलोपटक सक्रिय संक्रमित बढेका हुन् ।
दोस्रो संक्रमणको लहर घट्न थालेपछि मे १२ यता लगातार नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो । साथै २४ घण्टाको अवधिमा ३३ लाख ८१ हजार ६ सय ७१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म कुल संक्रमितमध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय संक्रमित रहेका छन् ।
तथ्यांकअनुसार भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या ९७ दशमलव १८ प्रतिशत रहेको छ । मंगलबार भारतमा कोरोना भाइरसबाट ४३ हजार ७ सय ३३ जना संक्रमित भएका थिए । त्यसअघि साेमबार ३४ हजार ७ सय जना संक्रमित भएका थिए ।
भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए
भारतः पहिलो लहरमा भन्दा दोस्रो लहरमा थोरै पुरुष अस्पताल भर्ना
भारतमा कोरोनाको तेस्रो लहर अक्टुबर-नोभेम्बरमा उच्च बिन्दुमा पुग्ने
भारतमा भेटिएको डेल्टा भेरिएन्ट विश्वका ९६ देशमा पुग्यो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij