Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोपा अमेरिकाः फाइनलमा ब्राजिलसँग अर्जेन्टिना भिड्ने

कोपा अमेरिकाः फाइनलमा ब्राजिलसँग अर्जेन्टिना भिड्ने

  • 1.2K
    SHARES
  • कोपा अमेरिकाः फाइनलमा ब्राजिलसँग अर्जेन्टिना भिड्ने

    काठमाडाैं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ । बुधबार विहान सकिएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । 

    अब उपाधिका लागि अर्जेन्टिनाले आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

    पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए । कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके ।

    अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे । डि पाउलको पेनाल्टी भने सफल हुन सके । त्यसअघि खेलको सातौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो ।

    अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरे । कप्तान लिओलन मेसीले पेनाल्टी एरियामा दिएको पासमा मार्टिनेजले गोल गरेका थिए । 

    लगत्तै अर्जेन्टिनाका गोलकिपर इमिलियो मार्टिनेजले कोलम्बियाले बराबरी गर्न गरेको प्रयासलाई विफल पारे । उनले कोलम्बियाका काउडार्डोको प्रहारलाई विफल पारेका थिए । 

    खेलको ४४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो । अर्जेन्टिनाका गोन्जालेजको हेड प्रहारलाई कोलम्बियाका गोलकिपर क्रस बारमाथिबाट आउट गरिदिए । गोन्जालेजलाई मेसीले पास दिएका थिए । 

    ६१ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्कायो । डियासले कार्डोनाले दिएको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij