Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बम बनाएको आरोपमा हङकङमा छ बालबालिकासहित ९ पक्राउ 

बम बनाएको आरोपमा हङकङमा छ बालबालिकासहित ९ पक्राउ 

  • 592
    SHARES
  • बम बनाएको आरोपमा हङकङमा छ बालबालिकासहित ९ पक्राउ 

    हङकङ । हङकङ प्रहरीले आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा छ स्कुले बालबालिकासहित ९ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु १५ वर्षदेखि ३९ वर्ष उमेरसम्मका छन् ।

    प्रहरीका अनुसार उनीहरुले बम बनाउनका लागि होटलमा कोठा भाडामा लिएका थिए र सहरका अदालत, यातायात सञ्जाल र सडकहरुमा विस्फोट गर्ने योजना बनाएको बताएको छ ।

    हङकङका नेता क्यारी लामले ‘अवैध गतिविधि’ सहरमा फैलाउने विरूद्ध चेतावनी दिएलगत्तै उनीहरु पक्राउ परेका हुन् । यो समूहलाई राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत गिरफ्तार गरिएको हो ।

    पक्राउ परेका व्यक्तिहरुले बम बनाउने उपकरणका लागि प्रयोगशालाको रूपमा प्रयोग गरिएको होटलको कोठामा अत्यधिक विस्फोटक रासायनिक ट्राएसिटोन ट्राइपेरोक्साइड भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेको घोषणा हुनुभन्दा केही समय अघि लामले किशोरकिशोरीहरूको निगरानी गर्न र संदिग्ध अपराधबारे जानकारी मिले रिपोर्ट गर्न आमा बुबा, शिक्षक र धार्मिक नेताहरूलाई आग्रह गरेकी थिइन् । 

    साथै उनले गत वर्षले चीनले त्यस क्षेत्रमा लागू गरेकाे राष्ट्रिय सुरक्षा कानूनकाे तारिफ पनि गरिन् । 

    चीनको संसदबाट हङकङको निर्वाचनसम्बन्धी विवादास्पद प्रस्ताव पारित चीनको संसदबाट हङकङको निर्वाचनसम्बन्धी विवादास्पद प्रस्ताव पारित

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij