Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा नयाँ रेकर्ड 

राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा नयाँ रेकर्ड 

  • 766
    SHARES
  • राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा नयाँ रेकर्ड 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सामान्य अंकको गिरावट आएको छ । नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको हो ।

    त्यस्तै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४ समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

    नेप्सेकाअनुसार आज राष्ट्रिय बीमा कम्पनीकाे शेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ भने हाइड्रो इलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अप्पर तामाकोशीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

    यी कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ३६ करोडको कारोबार भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij