Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री राई

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री राई

  • 142
    SHARES
  • बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री राई
    काभ्रे । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन ।
     
    बनेपा नगरपालिकाले आज आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन ।
     
    बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा संघीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताए । उनले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने जनाए ।
     
    ‘यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ’, मन्त्री राईले भने, ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन् ।’ नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न संघीय सरकारले योजना बनाइरहेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij