Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

  • 103
    SHARES
  • सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

    खजुरा । नेपालगञ्ज उपमहानगरपालिका-२० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नेपालगञ्ज नगरप्रमुख प्रशान्त विष्टले मङ्गलबार नवनिर्मित भवनको शुभारम्भ गरे ।

    महिला-पुरुष अपाङ्गतामैत्री शौचालयसहित १६ शय्या (बेड) क्षमताको दुई ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डरसमेतको भवन सञ्चालनमा आएको हो ।

    विसं २०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पुस २८ मा सम्पन्न भएको हो । एक करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने रु दुई करोड रहेको छ ।

    कुल क्षेत्रफल एक हजार तीन सय २१ वर्गमिटर रहेकामा भवनले ओगटेको क्षेत्रफल भने तीन सय २५ वर्गमिटर छ ।

    खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड-१९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

    आयोजना व्यवस्थापन कार्यालय प्रमुख रत्नप्रसाद लामिछानेले नगरप्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनका लागि स्वामित्वपत्र हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा नगरप्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने जनाउँदै स्थानीयको स्वास्थ्य सेवामा थप सहज पहुँच पुग्ने अवस्था बनेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij