वेबटिभी खबर
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५१ बिन्दुमा ओर्लिएको छ । बिहीबार २ हजार ८ सय ४३ बिन्दुमा बन्द भएको बजार आइतबार शून्य दशमलव ३० अंकले तल ओर्लिएको हो । बिहीबार २ हजार ८५२ दशमलव २४ बिन्दुदेखि खुला भएको बजार २ हजार ८५७ दशमलव ७५ विन्दुसम्म पुगेको थियो ।
गत साताको कारोबारमा अघिल्लो सातामै स्थिर रहेको बजार यो साताको पहिलो कारोबार दिन झिनो अंकले बजार घटेको छ । आइतबारको बजारबाट होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । आइतबार होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ३६ प्रतिशत बढेको छ ।
यस्तै अन्य समूहको शून्य दशमलव ६९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १ प्रतिशतले यो दिन परिसूचक बृद्धि हुँदा अन्य समूहको परिसूचक भने घटेको छ । आइतबार वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ७६ प्रतिशतले, विकास बैंकको १ दशमलव शून्य ४ प्रतिशतले बैंकिङको शून्य दशमलव ३६ प्रतिशत, व्यापारिकको शून्य दशमलव ४८ प्रतिशत, जलविद्युतको शून्य दशमलव १२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४१ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत र लगानी समूहको शून्य दशमलव ४२ प्रतिशत परिसूचक घटेको हो ।
आइतबार गुडवील फाइनान्सको ऋणपत्रको मूल्य सर्वाधिक १० प्रतिशतले बृद्धि भएको छ । १२५ गुडवील फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को मूल्य प्रतिऋणपत्र रू। १०५ ले वृद्धि भई रू। १ हजार १५५ कायम भएको हो । यस दिन सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीभित्र गुडवील फाइनान्सको ऋणपत्रसँगै ओरियण्टल होटल, सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, कर्पोरेट डेभलपमेण्ट बैंक र नेपाल फाइनानस रहेका छन् ।
ओरियण्टल होटलको ८ दशमलव ४७ प्रतिशतले बढेर अन्तिम मूल्य ७ सय ३० रुपैयाँ, सीईडीबी हाइड्रोको ७ दशमलव २५ प्रतिशत बढेर अन्तिम मूल्य ६ सय २१ रुपैयाँ, कर्पोरेट डेभलपमेण्ट बैंकको ६ दशमलव १६ प्रतिशत बढेर अन्तिम मूल्य ७ सय ७६ रुपैयाँ र नेपाल फाइनान्सको ४ दशमलव शून्य ३ प्रतिशत बढेर अन्तिम मूल्य ४ सय ९१ रुपैयाँ कायम भएको हो ।
झिनो अंकले घटेको आइतबारको बजारमा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २ सय २४ ओटा कम्पनीको ६० हजार १ सय ७५ पटकको व्यापारमा भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार कारोबार रकम पनि कम भएको हो ।
गत बिहीबार ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर कारोबार भएको थियो । आइतबार सर्वाधिक रकमको शेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको २१ करोड ५७ लाख १६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य भने ३ दशमलव २७ प्रतिशतले घटेर अन्तिम मूल्य १ हजार १ सय २५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको भन्दा नेपाल इन्स्योरेन्सको शेयरमूल्य यो दिन प्रतिकित्ता ३८ रुपैयाँले घटेको हो । बिहीबार १ हजार १ सय ६३ रुपैयाँ अन्तिम मूल्य कायम भएको नेपाल इन्स्योरेन्सको आइतबार १ हजार १सय ५ रुपैयाँदेखि कारोबार खुला भएको थियो । उक्त दिन कम्पनीको शेयर मूल्य न्यूनतम १ हजार ९५ रुपैयाँदेखि अधिकतम १ हजार १ सय ७५ रुपैयाँसम्म पुगेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij