Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कपिलवस्तु बस दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु बस दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते

  • 146
    SHARES
  • कपिलवस्तु बस दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ ।

    महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको बस आज बिहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । मृतकको विवरण (पहिचान) आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।

    अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij