वेबटिभी खबर
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको शनिबार राति उपचारको क्रममा निधन भएको छ । उच्च रक्तचाप, मधुमेह र मुटुका रोगबाट पीडित बर्मालाई स्वास्थ्यमा समस्या भएपछि उपचारार्थ काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
सोही अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनी कांग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा विजयी भएका थिए । सोही क्षेत्रका कांग्रेसबाट विजयी प्रदेश सांसद एवं प्रदेश २ का युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले बर्माकाे निधन भएकाे पुष्टी गर्दै पार्टीलाई ठूलाे क्षति पुगेकाे बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij