Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इनारमा खसेकी महिलाको जीवितै उद्धार

इनारमा खसेकी महिलाको जीवितै उद्धार

  • 436
    SHARES
  • इनारमा खसेकी महिलाको जीवितै उद्धार

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ ।

    लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले  इनारभित्र खसेकी प्रधानको जीवितै उद्धार  गरिएको जानकारी दिए ।

    प्रधानलाई  उपचारका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक कार्कीले महिलाको शरीरमा सामान्य घाउचोट लागेको र  अवस्था सामान्य रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # महिला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij