Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

२० अंकले बढ्यो शेयर बजार

२० अंकले बढ्यो शेयर बजार

  • 228
    SHARES
  • २० अंकले बढ्यो शेयर बजार

    काठमाडौं । सेयर बजार कारोबार बढेको छ । मंगलबार नेप्से परिसूचक २०.६२ विन्दुले बढेर २०८०.१२ अंकमा आएको छ । ६ अर्ब ११ करोड रूपैयाँ ८३ लाखको सेयर कारोबार भएको छ ।

    १३ मध्ये १० समूहका सूचक बढेका छन् । जलविद्युत, उत्पादनमूलक र म्युचुअल फण्डबाहेकका समूहले उपसूचक बढाएका हुन् । विकास बैंक उपसमूह सर्वाधिक ५.२१ अंकले बढेको छ ।

    मंगलबार ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
    कारोबारका आधारमा आज पनि सोनापुर मिनरल्स सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीको २१ करोड ४९ लाख ४५ हजार रूपैयाँको सेयर कारोबार भएको छ ।

    दोस्रोमा रहेको निफ्राको १९ करोड ७३ लाख र तेस्रोमा सोल्टी होटल लिमिटेडको १७ करोड ५३ लाख रूपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम बढ्दा नेप्से परिसूचक पनि उकालो लागेको हो ।

    बढेको बजारमा १६५ कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् । कर्णाली र सिन्धु विकास बैंकसँगै  ११ कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij