Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने

  • 92
    SHARES
  • राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने

    काठमाडौं । निर्वाचन आयोगले अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ ।

    राष्ट्रियसभाका रिक्त १९ पदका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरूद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

    उम्मेदवारविरुद्ध परेका उजुरीमाथि पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

    आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij