Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राप्रपा निर्देशक समितिको बैठक शनिबार, महाधिवेशनको मिति तोक्ने    

राप्रपा निर्देशक समितिको बैठक शनिबार, महाधिवेशनको मिति तोक्ने    

  • 793
    SHARES
  • राप्रपा निर्देशक समितिको बैठक शनिबार, महाधिवेशनको मिति तोक्ने    

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन मिति चाँडै तोक्ने घोषणा गरेका छन् । अध्यक्ष थापाले पार्टीमा तीन अध्यक्ष भए पनि आपसमा एकता गर्दै पार्टीलाई बलियो बनाउन नेतृत्व क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । राप्रपामा कुनै वैचारिक तथा सैद्धान्तिक मतभिन्नता नरहेको पनि उनले बताएका छन् । 

    ‘राप्रपामा वैचारिक/सैद्धान्तिक मतभेद छैन । केही निष्क्रियता छ, महाधिवेशनपछि त्यसको पनि निराकरण हुन्छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले ट्वीटरमा लेखेका छन्, ‘त्रयअध्यक्षबीच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी छ ।’ शनिबार निर्देशन समिति बैठक बसेर महाधिवेशनको मिति निर्धारण गर्ने थापाले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij