Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

 नयाँ वर्ष मान्न घलेगाउँमा पर्यटकको ओइरो 

 नयाँ वर्ष मान्न घलेगाउँमा पर्यटकको ओइरो 

  • रासस
  • पौष १७, २०८० मंगलवार ११:२७ बजे
  • 213
    SHARES
  •  नयाँ वर्ष मान्न घलेगाउँमा पर्यटकको ओइरो 

    लमजुङ । अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले लमजुङको घलेगाउँस्थित होमस्टे भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए ।

    ‘विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँ वर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्,’ उनले भने, ‘अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन् ।’ तीन सय जनाको क्षमता रहेको घलेगाउँका होमस्टे सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उनले जानकारी दिए । 

    होमस्टे सञ्चालक हेमकुमारी गुरुङकाका अुनसार अहिले घलेगाउँका घरबास सञ्चालकलाई भ्याइनभ्याई छ । उनले पर्यटक आउने अहिलेको याममा हरेक होमस्टेले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका उनले जानकारी दिइन ।

    विसं २०५७ देखि सञ्चालनमा भएको होमस्टे अहिले ४२ वटा पुगेको छ । होमस्टेमा पर्यटकको सत्कारसँगै आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति, जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन् । विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । 

    घलेगाउँँबाट आठ हजार  एक सय ६३ मिटरको मनास्लु हिमाल, सात हजार आठ सय ३५ को ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो)लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकलाई होमस्टे सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् ।  घलेगाउँमा प्रतिव्यक्ति एक रात बसेको एक हजार दुई सय ५० शुल्क लिइन्छ ।  

  • सम्बन्धित विषय:

  • # घलेगाउँ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij