Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

द्वन्द्वका कारण सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु 

द्वन्द्वका कारण सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु 

  • रासस
  • पौष १६, २०८० सोमवार १२:५३ बजे
  • 189
    SHARES
  • द्वन्द्वका कारण सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु 

    रामल्लाह । प्यालेस्टिनी केन्द्रीय तथ्यांक विभागले सन् १९४८ यता सन् २०२३ मा द्वन्द्वमा परेर बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।

    विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ । 

    अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार १४१ जनाको मृत्यु भएको छ । इजरायली आक्रमणमा बाट सबैभन्दा बढी ९८ प्रतिशत मृत्यु गाजामा भएको छ ।

    गाजामा अहिलेसम्म करिब नौ हजार बालबालिका र ६ हजार ४५० महिलाको मृत्यु भएको छ भने अक्टोबर ७ यता वेस्ट बैंकमा ३१९ प्यालेस्टिनी मारिएका छन् ।

    फताह आन्दोलनको स्थापनाको ५९ औँ वर्षगाँठको अवसरमा जारी वक्तव्यमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले  प्यालेस्टाइनी प्राधिकरणले आफ्नो एक इन्च पनि भूभाग नछोड्ने र गाजाप्रतिको आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् ।  

    अब्बासले सैन्य समाधानले कसैलाई शान्ति वा सुरक्षा प्रदान गर्नुको साटो यस क्षेत्र र बाँकी विश्वलाई अस्थिर बनाउने बताए । उनले प्यालेस्टाइनको स्वतन्त्रता र स्वतन्त्रताको अधिकारलाई मान्यता दिने अन्तर्राष्ट्रिय कानुन र प्रस्तावहरूमा आधारित राजनीतिक समाधानको लागि आह्वान गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # द्वन्द्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij