वेबटिभी खबर
मुम्बई । भारत सरकारले चलचित्र सेन्सरसिपसम्बन्धी नयाँ नियमको प्रस्ताव ल्याएपछि धेरै चलचित्रकर्मीले यसको विरोध गरेका छन् । उक्त प्रस्तावविरुद्ध फरहान अख्तर, हन्सल मेहता र अनुराध कश्यपसहति १४ सय चलचित्रकर्मीहरुले विरोध गर्दै सरकारलाई पत्र पठाएका छन् ।
अर्कोतर्फ, श्याम बेनेगल सेन्सरसिपको पक्षमा छन् । उनले नयाँ प्रस्तावित नियममा खासै ठूलो समस्या नरहेको बताउँछन् ।
सरकारले सिनेम्याटोग्राफ (संशोधन) विधेयक २०२१ को मस्यौदा सार्वजनिक गरेको छ । यस मस्यौदामा २ जुलाईसम्म सुझाव माग गरे पनि चलचित्र निर्माताहरुले सरकारसँग थप समय माग गरेका छन् ।
प्रस्तावित नियमअनुसार केन्द्रीय सरकारलाई फिल्म रिलिज भइसकेपछि पनि पुनः जाँचका लागि अधिकार हुन्छ । नागरिकको गुनासोका आधारमा सेन्सर बोर्डले दिएको प्रमाणपत्र सरकारले रद्द गर्न सक्नेछ । नागरिकको गुनासोका आधारमा सेन्सर बोर्डले दिएको प्रमाणपत्र सरकारले रद्द गर्न सक्नेछ । अहिलेसम्म भारतीय चलचित्रहरुलाई अनुमति दिने अधिकार सेन्सर बोर्डसँग छ ।
प्रोड्यूसर गिल्ड अफ इन्डियाका सिइओ नितिन तेज आहूजाले चलचित्र उद्योगले हाल कोभिड प्रभावको सामना गरिरहेको समयमा सरकारले ल्याएको यस्तो प्रस्ताव एक संटक भएको बताएका छन् ।
फिल्म निर्माता सुधीर मिश्राले यस प्रावधानको विरोध गर्दै भने, 'हाम्रो आफ्नै स्वायत्त न्याय प्रणाली छ, यदि कसैलाई फिल्मको बारेमा कुनै आपत्ति छ भने ऊ अदालत जान सक्छ । यस्तो अवस्थामा किन यो प्रावधान आवश्यक छ ?'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij