Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रदेशलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कार्की

प्रदेशलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कार्की

  • 226
    SHARES
  • प्रदेशलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कार्की
    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताएका छन।
     
    मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवम् छलफलमा उनले प्रदेश सरकारले प्रादेशिक सरकारको दोस्रो कार्यकालमा अहिले आएर प्रदेश सरकारका अधिकारका बारेमा बहस चलेको र यसमा देशका समग्र पत्रकारहरुको भूमिका रहने स्पष्ट गरेका हुन ।
     
    मुख्यमन्त्री कार्कीले यस विषयमा बहस चलाउन नेपाल पत्रकार महासंघसँग आग्रहसमेत गरे । उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने संघीय सांसदमाथि पनि सञ्चारकर्मीले प्रश्न गर्नुपर्ने बताए ।
     
    संघीय सरकारले प्रदेशलाई अधिकार दिने काममा ढिलाइ गरेको जनाए । मुख्यमन्त्री कार्कीले भने, ‘संघले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्नु भनेको प्रदेशका जनतालाई सेवा, सुविधा र उनीहरुले प्राप्त गर्न पाउने लाभबाट बञ्चित गर्न खोज्नु जस्तो हो ।’
     
    प्रदेश सरकार सधैँ प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार महासंघको भौतिक संरचना विकासमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाको नेतृत्वमा पत्रकारहरु मुख्यमन्त्री निवास पुगेका थिए ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij