वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालमा किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । संघीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
एक कार्यक्रमकाबीच पूर्वसांसद डा.दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरे । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्रयाक्टरले सहजता थप्ने उनले विश्वास व्यक्त गरे ।
भीमदत्त नगरपालिका-७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्रयाक्टर वितरण गरिएको बताए । ‘पहिलो पटक ३५ किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । यो ट्रयाक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्’, अध्यक्ष चन्दले भने, ‘कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो।’
अनुदानमा ट्रयाक्टर पाएपछि किसान खुसी भएका छन । खेत जोत्नका लागि अनुदानमा ट्रयाक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताए ।
‘गोरु वा भाडामा ट्रयाक्टर ल्याएर खेत जोत्नुपथ्र्यो, अब त्यो बाध्यता हट्नेछ’, भट्टले भने, ‘खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्रयाक्टर पाउँदा निकै खुसी लागेको छ ।’ किसानले अनुदानमा एक लाख २५ हजारको लागतमा ट्रयाक्टर पाएका हुन ।
‘बजारमा किन्दा रु साढे दुईदेखि तीन लाखसम्म पथ्र्यो, किन्न सकिने अवस्था थिएन’, भट्टले भने, ‘बजार मूल्यको आधा सहुलियमा घरमै ट्रयाक्टर पाएका छौँ, यसबाट हामी जस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij