Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जायज माग राख्दा विपक्षी सांसदलाई निलम्बन गर्नु लोकतन्त्रको घाँटी निमोठे सरह हो : सोनिया गान्धी 

जायज माग राख्दा विपक्षी सांसदलाई निलम्बन गर्नु लोकतन्त्रको घाँटी निमोठे सरह हो : सोनिया गान्धी 

  • 240
    SHARES
  • जायज माग राख्दा विपक्षी सांसदलाई निलम्बन गर्नु लोकतन्त्रको घाँटी निमोठे सरह हो : सोनिया गान्धी 

    नयाँ दिल्ली । विपक्षी दलका १४१ सांसदलाई गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै भारतको संसद्को जारी अधिवेशनमा भाग लिन नपाउने गरि निलम्बन गरिएको छ । 

    विपक्षी सांसदहरूको निलम्बनमा कडा प्रतिक्रिया दिँदै कांग्रेस नेता सोनिया गान्धीले संसदमा जायज माग उठाउँदा कारबाही गरिनु लोकतन्त्र विरुद्ध भएको बताएकी छिन् । 

    उनले भनिन, ‘जायज माग उठाउँदा सांसदलाई निलम्बन गर्नु लोकतन्त्रको घाँटी थिच्नु सरह हो । अहिलेसम्म यति धेरै विपक्षी सांसदहरू सदनबाट निलम्बन भएका थिएनन् । त्यो पनि सदनमा न्यायोचित र जायज माग राख्ने क्रममा ।’

    कांग्रेस संसदीय दलको बैठकमा सोनिया गान्धीले संसदमा भएको असाधारण घटनाका विषयमा गृहमन्त्रीको बयान दिनुपर्ने माग राख्दा सांसदहरूलाई निलम्बन गर्नु लोकतन्त्रमाथि नै प्रहार भएको बताइन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij