Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

  • 157
    SHARES
  • यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    रामेछाप । लिखुतामाकोशी गाउँपालिका-७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका  शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

    सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले  बताए ।

    पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर  अनुसन्धान थालिएको उनले बताए ।

    प्रहरीका अनुसार अभियुक्तले गत मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि  यौन दुर्व्यवहार गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij