Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

  • 157
    SHARES
  • नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अंकले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको हो ।

    आइतबार भएको उच्च अंकको वृद्धि आज भने कायम हुनसकेन । यसदिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ४१ मा सीमित भएको छ ।

    कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा खरिदबिक्री भएका छन । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड १५ लाख ६० हजार छ सय सात बराबरको कारोबार भएको छ ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स १६ करोड ५७ लाख ६६ हजार आठ सय ६०, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी १४ करोड ५६ लाख ७६ हजार नौ सय ८८, माउण्टेन इनर्जी १४ करोड ४० लाख ६९ हजार नौ सय २१ र शिवम् सिमेन्ट १३ करोड ७३ लाख १७ हजार दुई सय ६१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन ।

    नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ९० र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले नौ दशमलव ६० प्रतिशतले कमाएका छन ।

    समता घरेलु लघुवित्त सात दशमलव १५, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ८७, स्वाभिमान लघुवित्त पाँच दशमलव ४७, एशियन हाइड्रोपावर पाँच दशमलव ३८ र अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव २६ प्रतिशतले गुमाएका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij