Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सडक यातायात अवरुद्ध हुनेगरी बेइजिङमा हिमपात

सडक यातायात अवरुद्ध हुनेगरी बेइजिङमा हिमपात

  • रासस
  • मंसिर २५, २०८० सोमवार १२:५३ बजे
  • 225
    SHARES
  • सडक यातायात अवरुद्ध हुनेगरी बेइजिङमा हिमपात

    बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ ।

    आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमबर्षा भएको छ । 

    बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउ जमेको छ ।

    शहरको मौसम केन्द्रले सोमबार पनि हल्का हिमपात जारी रहने र अपराह्न ४ः५० बजेपछि हिउबर्षा कम हुने जानकारी गराएको छ । 

    चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो रङले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः घट्दो जोखिमलाई संकेत गर्दछ ।

    मौसम पूर्वानुमानअनुसार सोमबार पनि हल्का हिमपात जारी रहनेछ ।

  • सम्बन्धित विषय:

  • # भारी हिमपात

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij