Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चियाका बेफाइदा

चियाका बेफाइदा

  • 1.2K
    SHARES
  • चियाका बेफाइदा

    काठमाडौं । बिहान उठ्ने वित्तिकै चिया पिउने बानी धेरैको हुन्छ । स्वादका लागि बाक्लो दुध हालेको चिया पिएर दिनको सुरुवात गर्ने चलनजस्तै बनेको छ ।

    चियाका पारखी, अझ भनौं अम्मली नै धेरै छन् । अम्मलअनुसार चियाका अनेक प्रकारहरु चलनचल्तीमा आउँछ । चिया अम्मलीकै कारण गाउँ, सहरका हरेक गल्लीमा चियाका पसल फष्टाएको सजिलै देख्न सकिन्छ । 

    कतिपयलाई त बिहानै चिया नखाए टाउको दुख्ने गर्छ । चियाले टाउको दुखाई कम गर्ने होइन । नियमित चिया पिउने बानी परेको व्यक्तिलाई एकदिन पिउन मस्तिष्कले गर्ने नकारात्मक प्रतिक्रियाका कारण टाउको दुख्ने गरेको हो ।

    दिनमा एकदुई कप चिया पिउने त धेरै हुन्छन् । तर हरेक दिन अत्यधिक चिया पिउने गर्दा स्वास्थ्यलाई बेफाइदा गर्छ । 

    धेरै चियाले हुने बेफाइदा 
    अनिन्द्रा 
    अनिन्द्राको प्रमुख कारण चिया पनि हो । धेरै चिया पिउँदा निन्द्रा भाग्ने समस्या आउँछ । चियामा हुने क्याफिनले निन्द्राको चक्रलाई प्रभावित गर्छ । 
    पाचनशक्ति कमजोर 

    धेरै क्याफिनले पाचनशक्ति कमजोर बनाउँछ । त्यस्तै चियामा भएको टेनिनले कब्जियत गराउँछ । यसको प्रभाव रक्सीसँग एकदमै मिल्दोजुल्दो छ । चिया खाएपछि सुरुमा ताजगिपनको अनुभव हुन्छ, तर केहिबेर पछि मुख सुक्ने र थकान महशुस हुन्छ । 

    गर्भावस्थामा चिया सेवन हानिकारक
    चिया अत्यधिक सेवनले आमाकासाथै पेटमा भएको बच्चाको स्वास्थ्यलाई पनि हानि गर्छ । गर्भावस्थामा क्याफिनमुक्त चिया वा हर्बल चिया खानुपर्छ । 

    एन्जाइटी बढाउँछ 
    चियाले तनावमुक्त बनाएर ताजगी दिन्छ भनेर पिउने गरिन्छ । तर यथार्थमा भने यो मान्यता गलत छ । चिया पिउने बानीले उल्टै तनाव बढाउँछ । चियामा हुने क्याफिनले बेचैनी पैदा गर्छ । त्यसैले तनाब बढेमा चिया कम गर्नु पर्छ । 

    एसिडिटीको समस्या
    चिया अधिक पिउनाले अम्लपित्त (एसिडिटी) को समस्या हुनसक्छ । चियामा भएको क्याफिनले पेटमा एसिडलाई बढाउँछ । जसले अम्लपित्त, पेट सुन्निने, बेचैनी हुने गर्छ । 

    नर्भस हुने
    विशेष रुपमा अत्यधिक चिया पिउनाले मानिसमा नर्भसनेस हुन्छ । यो चियामा भएको टेनिनको कारणले हुने गर्छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij