Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

‘एउटा दलको सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्दैन’ 

‘एउटा दलको सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्दैन’ 

  • 526
    SHARES
  • ‘एउटा दलको सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्दैन’ 

    काठमाडौं । नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले कुनै दलको सांसदले व्यक्तिगत रूपमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न नसक्ने तर्क गरेका छन् ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि बहसको क्रममा मंगलबार सरकारको प्रतिरक्षा गर्दै पाण्डेयले कुनै दलबाट निर्वाचित सांसदले व्यक्तिगत रूपमा कुनै अर्को पार्टीलाई समर्थन गर्न नमिल्ने बताएका हुन् ।

    ‘बरू कानूनी रुपमा छुट्टै बस्न पाइन्छ तर, अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्ने अधिकार सांसदलाई छैन । कि पार्टी फुटाएर जानुपर्‍यो,’ उनले भने ।

    दलको निर्णयविपरीत अर्को दलको सांसदलाई समर्थन गर्नु संविधान विपरीत हुने भन्दै पाण्डेयले यस्तो कदमले जनताको मतको अपमान हुने दाबी गरे  ।

    विघटन विघटन गर्नुपर्ने अवस्था राष्ट्रपतिले धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त गर्ने आधार नै नभएपछि आएको उनले जिकिर गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij