वेबटिभी खबर
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३० ले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ मा पुगेको हो । यसदिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलव ३३ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ७३ मा पुगेको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ । आज कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो ।
यस्तै, सोनापुर मिनरल्स पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट तीन करोड ७८ लाख ३९ हजार छ सय ६०,हिमालय बैंक तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन ।
नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नौ दशमलव ९३, आशा लघुवित्त छ दशमलव १६,दिव्यश्वरी हाइड्रोपावर पाँच दशमलब ८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ८२ प्रतिशतले कमाएका छन ।
यस्तै, लक्ष्मी लघुवित्त चार दशमलब २८, विन नेपाल लघुवित्त तीन दशमलव ९९, एनआइसि एशिया लघुवित्त तीन दशमलव ९१,एनआइसि एशिया ब्यालेन्स फण्ड तीन दशमलब शुन्य एक र माया खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij