Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाग्लुङका स्थानीय तहद्वारा भूकम्प पीडितलाई ३० लाख सहयोग

बाग्लुङका स्थानीय तहद्वारा भूकम्प पीडितलाई ३० लाख सहयोग

  • 252
    SHARES
  • बाग्लुङका स्थानीय तहद्वारा भूकम्प पीडितलाई ३० लाख सहयोग

    बाग्लुङ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ ।

    यसक्रममा बाग्लुङका दश स्थानीय तहले एकमुष्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले तीन लाख ७५ हजार र छ गाउँपालिकाले दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बाग्लुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाग्लुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य संघ बाग्लुङ, जिल्ला रेडक्रस सोसाइटी बाग्लुङ, रोटरी क्लब अफ बाग्लुङ र अन्य संघ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताए ।

    भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बाग्लुङ उद्योग वाणिज्य संघमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा संकलन गरिएको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

    बारबर्दियाद्वारा पाँच लाख सहयोग

    बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि पाँच लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट पाँच लाख २५ हजार दिने निर्णय गरेको हो ।

    भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्याउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij