वेबटिभी खबर
काठमाडौं । कोपा अमेरिकाको समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ ।
समूह 'बी'अन्तर्गतको खेलमा ब्राजिललाई इक्वेइडरले १-१ गोलको बराबरीमा रोकेको हो । बराबरीसँगै इक्वेइडर अन्तिम आठमा पुगेको छ ।
बराबरीपछि पनि ब्राजिल भने समूह चरणमा अपराजित रह्यो । ब्राजिल यसअघि लगातार तीन खेलमा जित निकाल्दै अन्तिम आठमा पुगेको थियो ।
साेमबार बिहान सकिएको खेलमा ब्राजिलले पहिले अग्रता लियो । उसका लागि इडर मिलिटाओले गोल गर्न सफल भए । इक्वेइडरका एन्जल मेनाले ५३ मिनेटमा बराबरी गोल फर्काए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij