काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने भएको छ । बिहीबार सरकार–विप्लव समूहबीच भएको ३ बुँदे सहमतिपछि भोलि काठमाडौंमा हुने प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुनका लागि सरकारले उनलाई हेलिकप्टरको व्यवस्था गरेको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार उनलाई एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । ‘उहाँ (विप्लव) कहाँ हुनुहुन्छ भन्ने अहिले खुलाइएको छैन,’ स्रोतले भन्यो, ‘भोलि बिहान उहाँलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइने भएको हो ।’ सरकारले विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij